Logo
Logo

सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय


126
Shares

काठमाडौं । आज बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढी पछिको जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले बाढी जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति बनाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बैठकपछि एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

उनले भनिन्, समितिमा क–कसलाई राख्ने, टिओआर के हुने ? त्यो अब संसद्को कार्यक्षेत्रभित्र पर्नेछ । यी बाहेक बाढी प्रभावित क्षेत्रमा सरकारले गरेको कमजोरी लगायत विषयमा समीक्षा भयो ।’

भदौ १० गते बिहान भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्