Logo
Logo

आज दिनभर देश-विदेशमा के-के भयो ? (भिडियोसहित)


315
Shares

१. यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान, बालेनको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको दैनिक कार्यभार सम्हाल्ने ।

२. नेपाली श्रमिक भर्नामा मलेसियाको सिन्डिकेटविरुद्ध प्रधानमन्त्री तहबाटै पहल, २५ मुख्य र २५० सहायक एजेन्सीको प्रणालीप्रति नेपालको असहमति, पूर्वस्वीकृति रोक्दै छानबिन अघि बढाइयो ।

३. भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्री मौसम पूर्वानुमान महाशाखामा, असोज ८ देखि १० गतेसम्मको वर्षा र सम्भावित जोखिम र विपद् तयारीबारे पनि चासो व्यक्त ।

४. सुरुङमा फसेकाको उद्धारमा ढिलाइ भएको भन्दै सरकारमाथि ज्ञानेन्द्र शाहीको आक्रोश, राज्यद्वारा प्रायोजित हत्याको संज्ञा दिँदै विपद् व्यवस्थापन संयन्त्रबारे संसद्मै उठाए प्रश्न ।

५. असोज १५ भित्र सुदूरपश्चिमको बजेट पारित गर्न कांग्रेसको माग, अत्यावश्यक सेवा, विकास निर्माण र प्रशासनिक काम प्रभावित भएको भन्दै तत्काल पूर्ण कार्यान्वयनमा ल्याउन आग्रह ।

६. सडक सुरक्षाका लागि चालकलाई मनोवैज्ञानिक ज्ञान दिन सरकारसँग सांसद आशिष गजुरेलको माग, जरिवाना र कारबाहीले मात्रै दुर्घटना नघट्ने भन्दै जनचेतना कार्यक्रम र चालकका लागि कक्षा सञ्चालन गर्न आग्रह ।

७. दसैँमा भेडाबाख्राझैँ कोचिएर यात्रा गर्ने बाध्यता अन्त्य गर्न सरकारसँग रास्वपा सचेतक प्रकाशचन्द्र परियारको माग, राजमार्ग मर्मत, टिकट बुकिङ व्यवस्थित र मनपरी भाडा रोक्न ध्यानाकर्षण ।

८.  राजनीतिक रहर वा पदको लालचले नभई न्याय खोज्न संसद्मा आएको रचना खतिवडाको भनाइ, छोराको लासमाथि राजनीति गरेर पद साटेको टिप्पणीप्रति आपत्ति ।

९. कम्युनिस्टहरूसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति, समितिलाई विचार मिल्ने देशभक्त गणतन्त्रवादी दल वा समूहसँग एकताका लागि पहल गर्ने जिम्मेवारी तोकियो ।

१०. भोटेकोशी बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श, बाढीपछि लामो समयदेखि मानसिक तनाव देखिएपछि उद्धारकर्ता, प्रभावित र होल्डिङ सेन्टरमा रहेकालाई परामर्श ।

११. सरकारी ठेक्कामा श्रमिक शोषण रोक्न सर्वोच्चको निर्देशनात्मक आदेश, श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सुविधाभन्दा कममा सम्झौता गर्न नपाइने ।

१२. सवारी चालक अनुमति पत्र वितरणमा नयाँ व्यवस्था, लाइसेन्स छपाइ र वितरण सहज बनाउन यातायात, हुलाक र सुरक्षण मुद्रण केन्द्रबीच सम्झौता ।

१३. त्रिपुरेश्वर बस चालक मृत्यु प्रकरणमा ट्राफिक प्रहरीको नियन्त्रणमै रहेको बेला चालकले आत्मदाह प्रयास गर्नु लापरबाही भएको ठहर, न्यायिक छानबिनदेखि मृतक परिवार र बसधनीलाई क्षतिपूर्तिसम्मका ९ बुँदे माग ।

१४. त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङको सनाखत, अर्जुनले अरूकै नामको लाइसेन्स, बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको प्रहरीको दाबी ।

१५.  सर्वोच्चद्वारा रेशम चौधरीको माफी मिनाहा सदर, चौधरीको माफीमिनाहा विरुद्ध परेको रिट निवेदन न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले ग¥यो खारेज ।

१६. राजमार्ग खुले पनि घटेन तरकारीको भाउ, ढुवानी सहज भइसक्दा पनि मूल्य १५० प्रतिशतसम्म अस्वाभाविक मूल्यवृद्धि ।

१७. दुई सातादेखिको निरन्तर वर्षा र पाँच फिटसम्म हिमपातले मनास्लु आरोहण प्रभावित, मौसमले साथ नदिएपछि आरोही बाटोबाटै फर्किन थाले ।

१८. चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्ने सरकारको निर्णय, मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै यातायात सहज बनाउने, कालोबजारी र अनुचित व्यापारिक गतिविधिमाथि  कडाइ गरिने ।

१९. एशियाडमा थाइल्यान्डलाई ४६–४३ ले हराउँदै महिला कबड्डीमा नेपालको विजयी सुरुवात, पुरुषतर्फ लगातार दोस्रो हार बेहोर्दा कराँते महिला टिम कातामा पनि चाइनिज ताइपेसँग पराजित ।

२०. र, जापानमा शक्तिशाली सामुद्रिक आँधीको वितण्डा, २० लाख बढीलाई सुरक्षित स्थानमा सर्न निर्देशन, १३० किमि प्रतिघण्टाको हावाहुरीसँगै ठूलो वर्षाका कारण ५० हजार बढी घरमा विद्युत् अवरुद्ध र सयौँ उडान रद्द ।

प्रतिक्रिया दिनुहोस्