Logo
Logo

रास्वपा सांसदका स्वकीय सचिवलाई अभिमुखीकरण


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

संसद् प्रभावकारी रूपमा सञ्चालन हुन सदनभित्र सांसदको उपस्थितिसँगै सही सूचना, व्यवस्थित समन्वय, जिम्मेवार टिम र स्पष्ट कार्यप्रणाली आवश्यक हुने भन्दै स्वकीय सचिवको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यका विषयमा धारणा राखे । उनले सांसदको संसदीय भूमिकालाई प्रभावकारी बनाउन स्वकीय सचिवको जिम्मेवारी महत्त्वपूर्ण हुने बताए ।

त्यस्तै, सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका, संसदीय अभ्यासमा यसको महत्त्व तथा सांसदको कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराए ।

कार्यक्रममा सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूले उठाएका विभिन्न जिज्ञासा, प्रश्न तथा व्यावहारिक चुनौतीमाथि छलफल गर्दै आवश्यक स्पष्टता प्रदान गरिन् ।

अभिमुखीकरण कार्यक्रमले सांसद र स्वकीय सचिवबिचको समन्वयलाई थप व्यवस्थित बनाउँदै संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्