
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको सुरुमा सभापति थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


















