Logo
Logo

संघीय निजामती सेवा विधेयक संसद पुग्यो


378
Shares

काठमाडौं । ‘सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यो विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक बिहीबार संसद सचिवालयमा आइपुगेको जानकारी दिए । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै त्यही दिन विधेयक आयोग पठाएको थियो ।

लोकसेवा आयोगले सङ्घीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्रिपरिषद्ले स्वीकृत दिएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000