Logo
Logo

कीर्तिपुरमा मुन्सेको विस्फोटक इनिङ्स


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभूतपूर्व ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाएका छन्।

The current image has no alternative text. The file name is: muncy.jpg

लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई मात्र १३.३ ओभरमै पूरा गर्‍यो । मुन्सेले ५४ बलको सामना गर्दै अविजित १२५ रन बनाए । उनको ब्याटबाट ८ चौका र १२ छक्का प्रहार भए  । उनले २३१.४८ स्ट्राइक रेटमा सो रन प्रहार गरेका हुन् । 

मुन्सेले पहिलो ओभरदेखि नै आक्रमण सुरु गरे । पावरप्लेमा तीव्र गतिमा रन बटुल्दै उनले २८ बलमै अर्धशतक पूरा गरे । त्यसपछि झन् आक्रामक बन्दै ४९ बलमै शतक पु¥याए । मैदानभरि उनको दबदबा रह्यो र लुम्बिनीका बलरहरू प्रभावहीन बने ।

अर्को छेउबाट विकेटकिपर विनोद भण्डारीले २७ बलमा ३० रन बनाएर उत्कृष्ट साथ दिए । दुई ओपनरबिच १५८ रनको अविजित साझेदारी भयो । यससँगै सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा पहिलो पटक एनपीएल उपाधि जितेको हो । काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभूतपूर्व ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000