काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य विना विकेट पुरा गर्दै सुदूरपश्चिम रोयल्सले उपाधि जितेको हो ।

सुदूरपश्चिम रोयल्सले पहिलो र दोस्रो संस्करणको एनपीएलमा पनि पनि फाइनल खेलेको थियो । पहिलो संस्करणको एनपीएलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।


















