काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मनोनीत केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्षबाट शपथ गराउने कार्यक्रम आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।













