Logo
Logo

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकलाई कारबाही गर्न निर्देशन


252
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी हुने सामुदायिक विद्यालयका शिक्षकहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।

बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यान लगायतका जिल्लाहरूमा कार्यरत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएका समाचार सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूका नाममा निर्देशन जारी गरेको हो ।

​मन्त्रालयद्वारा जारी निर्देशन अनुसार शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) को कानुनी प्रावधान विपरीत रहेको छ ।

तसर्थ, आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकहरूको पहिचान गरी थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँगको समन्वयमा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्