
काठमाडौैं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको निर्वाचनमा पार्टीले कानुनी रूपमा पराजय स्वीकार गरे पनि राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले एमालेको राजनीतिक अडान स्पष्ट पार्दै आफूहरूले निर्वाचनको परिणाम स्वीकार गरेको तर त्यसलाई आत्मसमर्पणका रूपमा बुझ्न नहुने दाबी गरे ।
‘पराजयको स्वीकारोक्ति आत्मसर्पण होइन । म यो संसदमा एमालेको राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु,’ थापाले भने ।
थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति समेत आलोचना गरेका छन् । उनले शाह नेतृत्वको सरकारलाई ‘फासीवादी’ भन्दै सरकार गठन भएको ६ महिना पूरा भएको आरोप लगाए ।













