
काठमाडौं । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आज शीलतनिवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे जानकारी गराएका थिए । सभामुख आइतबार आईपीयूको महासभामा सहभागी हुन जाँदैछन् ।













