Logo
Logo

कामना सेवा विकास बैंकद्वारा सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण


252
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा १५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ ।

कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलको उपिस्थतीमा उक्त भिजिबिलिटी ज्याकेट सिटी सफारी ड्राइभरहरुलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो । दैनिक रूपमा यात्रु ओसारपसार गर्दै उर्लाबारीका सडकमा खटिने सफारी चालकहरूको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।

विशेषगरी कम उज्यालो, साँझको समय तथा बढी सवारी चाप हुने अवस्थामा भिजिबिलिटी ज्याकेटको प्रयोगले चालकलाई सडकमा स्पष्ट रूपमा देखिन सहयोग पु¥याउने र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरणमा योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ ।

कामना सेवा विकास बैंकले समुदायको आवश्यकता पहिचान गरी सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बैंकले आगामी दिनमा समेत समुदायलाई सुरक्षित, समावेशी तथा प्रविधिमैत्री बनाउँदा Future Ready बनाउने उद्देश्यअनुरूप विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्