Logo
Logo

जर्मनी दूतावासका प्रथम सचिवको अर्को कर्तुत : बहिनीलाई दूतावासको क्वाटर


0
Shares

काठमाडौं ।  एकैपटक ४२ दिनको हाजिरी गरेको आरोप लागेका जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप सेलाउन नपाउँदै स्वास्थ्य बीमा विवरणमा उनकी बहिनीको नाम समावेश भएको कागजात फेला परेको छ ।

विद्यार्थी भिसामा जर्मनी पुगेकी भनिएको यादवकी बहिनी कञ्चन यादवको स्वास्थ्य बीमाबापतको रकम नेपाली दूतावासबाट भुक्तानी दिने अभिलेखको प्रमाणको तस्बिर नै दृष्टि दैनिकले प्राप्त गरेको छ ।

प्राप्त अभिलेख अनुसार दूतावासले भुक्तानी गर्ने एलायंज़ केयरको स्वास्थ्य बीमाकहरुको नामको समूहमा कञ्चन यादवको नाम देखिन्छ । जसमा उनको पोलिसी नम्बर पी००५२९८२३८ उल्लेख छ ।

यादवले उनकी बहिनीलाई एटेंडेंट भिसामा लैजान चाहेका थिए । तर, नेपालस्थित जर्मनी दूतावासले भिसा नदिए पछि विद्यार्थी भिसामा जर्मनी ल्याइएको दूतावास स्रोत बताउँछ । 

स्रोतले भन्यो-यादवजीले बहिनीलाई कुन भिसामा यहाँ ल्याउनु भएको हो थाहा छैन । एटेंडेंटमा हो भने त दूतावासमा भिसा बारे जानकारी गराउनु पर्ने हो ।

यादवकी बहिनीको बारे दूतावासका कार्यवाहक राजदूत नारायणप्रसाद वाग्लेलाई प्रथम सचिव यादवको बहिनी कञ्चनको एटेंडेंट भिसा र स्वास्थ्य बीमाबारे नेपाल  जिज्ञासा राख्दा  वाग्ले सम्पर्कमा आउन चाहेनन् ।

यादवकी बहिनी दूतावासको क्वाटरमै

राष्ट्रलाई आर्थिक बोझ बनाउने गरी कुनै पनि कार्य गर्ने सरकारी कर्मचारीलाई कारबाही हुने व्यवस्था छ । तर, आफूलाई प्रधानमन्त्री बालेन शाह तथा परराष्ट्र मन्त्री शिशिर खनालको निजी सचिव रहेका मन्त्रालयका उपसचिव मधुसूदन भट्टराई र मन्त्रालयका सामान्य प्रशासन प्रमुख सुरेन्द्र कुमार यादवको नजिकको मान्छे भन्ने प्रथम सचिव यादवलाई लागू हुन्न । यादवले जर्मनी गएदेखिनै बहिनीलाई नेपाल सरकारले उनलाई दिएको सरकारी क्वाटरमै राखेको बताइन्छ ।

यस विषयमा पनि कार्यवाहक राजदूत नारायणप्रसाद वाग्ले बोल्न चाहेनन् । वाग्ले यादवले एकै पटक ४२ दिन हाजिरी गरेको विषयमा पनि आफू आउनु भन्दा पहिलको विषय भन्दै पन्छिएका थिए ।

‘दूतावासले उपलब्ध गराउने वा सरकारी खर्चमा व्यवस्था गरिएको आवास केवल सम्बन्धित कर्मचारी र उनको नजिकको आश्रित परिवार (पतिरपत्नी, छोराछोरी र साथमा रहेका आश्रित आमाबुबा) का लागि मात्र हो’, परराष्ट्र मन्त्रालयका एक अधिकृतले भने ।

‘अन्य नातेदार वा साथीभाइलाई लामो समयसम्म सरकारी आवासमा राख्नु वा आवासको दुरुपयोग गर्नु नियम विपरीत मानिन्छ। यस्तो पाइएमा आवास सुविधा रोक्का हुने, क्वार्टर खाली गर्नुपर्ने वा कर्मचारीमाथि विभागीय कारबाही हुन सक्छ’, ती अधिकृतले भने ।

यसअघि नै प्रथम सचिव यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको सम्बन्धमा उनीमाथि छानबिन र कारबाहीको मागसहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

यादवलाई पोल्याण्डका एक नेपाली व्यवसायीलाई दूतावासका पत्रहरू दिएको तथा दूतावासको आधिकारिक फेसबुक पेजका सूचना तोडमोड गरेको आरोप समेत छ । साथै, आफ्नो बारे समाचार लेख्नुभयो भने तपाईँलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु भनेर पत्रकारलाई धम्की दिँदै थर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्