Logo
Logo

एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

The current image has no alternative text. The file name is: npl-11.jpg

टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो । लुम्बिनीका लागि दिलिप नाथले सर्बाधिक अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली सेखले २४ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले २१ रनको योगदान दिएका थिए ।

त्यसैगरी सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलाइनले २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000