Logo
Logo

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि


126
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि शुरु हुँदैछ महाधिवेशनको उद्घाटन आज आपरहन्न काठमाडौँको खुलामञ्चमा हुनेछ । असोज १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । निर्वाचन राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा हुने जानकारी दिइएको छ ।

The current image has no alternative text. The file name is: nepali-congress-2.jpg

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुले शनिबारदेखि नै पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशनको दर्ता प्रक्रिया शुरू गरेका छन् । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् ।  झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ । 

यी दलका नेताहरू सहभागी हुँदै 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसङ्गठनका प्रतिनिधिहरू काठमाडौं आएका छन् । पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको उनले जानकारी दिएका छन् । देउवा भने आफ्नो समूहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडी बढेका छन् ।

त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका नेताहरू पनि सहभागी हुदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृत पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

त्यस्तै विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्