Logo
Logo

वालेनलाई रक्षाको जवाफ : ‘धन्न जेनजीले रगत बगाइदिएर प्रधानमन्त्री हुन पाएका छन्’


504
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक व्यङ्ग्यात्मक स्टाटस पोस्ट गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनप्रति कटाक्ष गरेका छन् ।

The current image has no alternative text. The file name is: bam.jpg

उनले लेखेका छन्-“धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।” यो टिप्पणी कांग्रेसले खुलामञ्चमा आयोजना गरेको महाधिवेशनको उद्घाटन सत्रमा गगन थापा, प्रचण्ड, शङ्कर पोखरेललगायत नेताहरूले सरकार र प्रधानमन्त्रीलाई आलोचना गरेपछि आएको हो ।

बालेन काठमाडौं महानगरको मेयर हुँदा खुलामञ्चलाई स्तरोन्नति गरेर पुनः सञ्चालनमा ल्याएका थिए । तर, वालेनको स्टाटस वालेनलाई नै भारी परेको छ । वालेनको स्टाटसमा विभिन्न राजनीतिक दलका नेता र जेनजी अगुवाहरूले असन्तुष्टि जनाएका छन् । 

यसविरुद्ध नेपाल जेनजी फ्रन्टकी संयोजक बमले सामाजिक सञ्जालबाटै कडा प्रतिवाद गरेकी हुन् । बमले आइतबार फेसबुकमा लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्