Logo
Logo

भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आगलागी


252
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ । प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।

The current image has no alternative text. The file name is: fire.jpg

बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । जस्ता र फलामले बनेको कवाडी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।  प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भएको छ ।

प्रतिक्रिया दिनुहोस्