काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्।

बेलायती सेनाका ‘चिफ अफ द जनरल स्टाफ’ जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण आगामी असोज २५ गतेसम्म अर्थात् अक्टोबर ५ देखि ११, २०२६ सम्म हुनेछ। प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका हुन्।
भ्रमणका क्रममा नेपाल र बेलायतबीच लामो समयदेखि रहँदै आएको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत सकारात्मक योगदान पुग्ने नेपाली सेनाले जनाएको छ।
प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।













