Logo
Logo

प्रस्तावित १३ राजदूतको सुनुवाइ आजदेखि


189
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: samiti-1.jpg

संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिने छ ।

आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेस भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

प्रस्तावित १३ जना राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा उजुरी सबै जना विरुद्ध परेको छ भने ५ वटा एकरएक जना व्यक्ति तोकेर परेको छ । २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका लागि राजदूतहरूको सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जङ्गबहादुर राणालाई सिफारिस गरेको छ ।

यसैगरी जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा। मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000