काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् । मङ्गलवार पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
कांग्रेसको सभापतिमा गगन थापा स्वाभाविक उम्मेदवार रहेका छन् भने सोमबार मात्रै श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी घोषणा गरेका थिए ।













