काठमाडौं । नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकाङ्क्षीहरू देखिएका छन् ।अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई चुनौती दिएको देखिएको छैन ।

बाँकी तीन सभापतिमा भने डा. मीनेन्द्र रिजालसहित संसदीय दल नेता भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, प्रवक्ता देवराज चाालीसे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरूङ, जीवन परियार, ज्ञानेन्द्र कार्की, विनोद चौधरी र गोविन्द भट्टराई लगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।
काँग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ भने बिहीबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।













