Logo
Logo

प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने


189
Shares

काठमाडौं । प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजमा हुने भएको छ । संसदीय सुनुवाइ समितिमा समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो ।

The current image has no alternative text. The file name is: samiti-2.jpg

प्रस्तावित १३ वटा राजदूतहरू विरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबै विरुद्ध परेको छ भने ५ वटा एक/एक जना व्यक्ति तोकेर उजुरी परेको छ ।

राजदूतहरू विरुद्ध प्राप्त उजुरी आज सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ । साथै, प्रस्तावित राजदूतका कार्ययोजना पनि समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जङ्गबहादुर राणालाई सिफारिस गरेको छ ।

यसैगरी जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा। मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्