Logo
Logo

कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता 


252
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मङ्गलवार महिला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्

The current image has no alternative text. The file name is: pusapa-bhusal.jpg

कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मङ्गलवार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ता गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्