काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो । सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी सङ्ख्या १९ जनाको हुनेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ ।
प्रथम नामावलीमा कुनै दाबी विरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको छ ।













