Logo
Logo

लक्ष्मी बैंकको ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता : डिजिटल बैंकिङलाई प्रोत्साहन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानअन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ । यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ सेवासम्बन्धी सिर्जनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई रु ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइवर बैंकिङजस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्ने व्यापक प्रयास गरेको छ ।

लक्ष्मी बैंकको मोबाइल मनी एप गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ । प्रतियोगिताको नियमहरु यो बैंकको वेवसाइटमा उपलब्ध छ । माइ मोबाइल मनी लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त भएको थियो । बैंकले प्राप्त सुझावहरुलाई समेटेर डेबिट कार्डको डिजाइनमा समावेश गरेको छ । ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्