Logo
Logo

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेश कांग्रेस संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

शाहीले ३९०६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १३७६ मत ल्याएका छन् । सहमहामन्त्रीका उम्मेदवारहरू राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन् । 

१४औँ महाधिवेशनमा पनि उनी पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीका उम्मेदवार थिए । तत्कालीन समयमा शाही नेता डा. शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्