Logo
Logo

तालिम प्राप्त कुकुरसहित नाकामा निगरानी


252
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले देशका प्रमुख सीमानाकामा विशेष तालिम प्राप्त कुकुरसहितको निगरानी बढाएको छ । कञ्चनपुरको गड्डाचौकी भन्सार नाकामा पनि तालिम प्राप्त ‘डग’सहितको गस्ती तथा जाँच सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार (असोज ३१) कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गड्डाचौकी सीमानाकामा परिचालन हुने डग स्क्वाडको उद्घाटन गरे । सशस्त्र प्रहरीले यसअघि चार प्रमुख नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी सीमा सुरक्षा र जाँचलाई प्रभावकारी बनाउँदै आएको छ ।

०८० सालमा झापाको काँकडभिट्टा, ०८१ मा पर्साको वीरगन्ज र रुपन्देहीको बेलहिया नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो । यस वर्ष बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकी गरी थप दुई नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

मुख्य सीमानाकाहरूमा तालिम प्राप्त कुकुरसहिको टोली परिचालनबाट अवैध चोरीतस्करी, हातहतियार, लागुऔषध तथा सीमापार अपराध नियन्त्रणमा प्रभावकारी र उपलब्धिमूलक नजिता प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल सशस्त्र प्रहरीमा तालिम प्राप्त कुकुरको कुल ३० दरबन्दी छ ।

प्रतिक्रिया दिनुहोस्