Logo
Logo

१ हवल्दारसहित ११ प्रहरीलाई सेवाबाट हटाउने चेतावनी


378
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी गर्दै ११ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ । उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो ।

लामो सयमदेखि सम्पर्कविहीन भएका प्रहरीलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत प्रधान कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्