Logo
Logo

३१.५४ अंकले बढ्यो नेप्से, साढे आठ अर्बमाथिको कारोबार


252
Shares

काठमाडौं । आज (बिहीबार) नेप्से परिसूचक ३१.५४ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से २६.९५ अंकमा कायम भएको छ ।

यस दिन सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ । कुल ३५० कम्पनीको दुई करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच भयो । जसबाट कुल कारोबार रकम आठ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँ पुगेको छ । कुल ६९ हजार ६१६ पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

१८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ९१ को सेयर मूल्य ओरालो लाग्यो । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सबैभन्दा बढी कमाउने कम्पनीमा बेनी हाइड्रोपावर, सोपान फार्मेस्युटिकल्स, नेपाल रिइन्स्योरेन्स, नेपाल फाइनान्स, एनआईसी एसिया बैंक रहेका छन् ।

यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिख्र्वा हाइड्रोपावर, सनराइज ब्ल्यूचिप फन्ड, एचएलआईलार्ज क्याप फन्ड र राष्ट्रिय बिमा कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्