Logo
Logo

आईजीपीमाथिका समाचारबारे प्रहरीले भन्यो- अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्नू


0
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले अपुष्ट समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: police-2.gif

“हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा “आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबा बढेको” भन्ने आशयका समाचार तथा टिप्पणीहरू प्रकाशित/प्रसारित भइरहेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,” प्रहरी नायव महानिरीक्षक तथा प्रवक्त अबिनारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छबि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित रहेको जारी विज्ञप्तिमा उल्ले छ ।

‘नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरुमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्‍याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्