Logo
Logo

पत्रकार पक्राउ गरेको भोलिपल्ट आईजीपीले के भने ?


1.7k
Shares

काठमाडौं । प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन् । पत्रकार पक्राउको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत उनले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका हुन् ।

उनले भनेका छन्– ‘संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।’

शुक्रबार नेपाल प्रेस लगायत विभिन्न सञ्चार गृहमा पुगेर प्रहरीले केही पत्रकारलाई पक्राउ गरेको थियो । बिचौलियासँग आइजीपीको कनेक्सनका विषयमा समाचार ब्रेक गरेका पत्रकारहरुलाई पक्राउ गरिएपछि चौतर्फी विरोधपछि साँझ पक्राउ परेकाहरूलाई रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्