Logo
Logo

गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै नेकपाका नेता पक्राउ


0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको भन्दै उनलाई पक्राउ गरिएको हो ।

उनलाई कास्कीबाट समातेर गोरखा लगिएको छ । गृहमन्त्री सुधन गुरुङको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सूचना सम्प्रेषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजालले जानकारी दिए ।

‘फेक समाचार र भिडियो आएको सम्बन्धमा गोरखामा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको थियो,’ उनले भने, ‘उनको लोकेसन यता कास्कीमा देखिएकाले हामीले यहाँबाट पक्राउ गरेर थप अनुसन्धानका लागि गोरखा पठाएका हौँ ।’

अधिकारीले सामाजिक सञ्जालमार्फत आम नागरिकलाई भ्रमित पार्ने गरी भ्रामक सूचना तथा भिडियो फैलाएको आरोप छ । उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000