
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।
अधिवेशनमा विश्वका ३८ देशबाट ३ सय ५० जना प्रतिनिधिको सहभागिता रहने बताइएको छ । अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको समापन समारोहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
















