
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । आज बुधबार बसेको
मन्त्रिपरिषद बैठकले कार्कीको जिम्मेवारी खोसेर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन लागेको समाचार प्रकाशित भएको थियो ।
















