Logo
Logo

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हार स्विकार, डेमोक्रेट्सलाई दिए बधाई


0
Shares


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो हार स्विकार गरेका छन् । तर, उनले यो हारको जिम्मेवारी आफूले नलिएर त्यसको दोष उम्मेदवार र मतदातालाई दिए ।

जबकि यो मध्यावधि चुनाव राष्ट्रपति ट्रम्पकै कार्यशैली र एजेण्डाहरूमाथिको जनमत संग्रह थियो । चुनावको प्रारम्भिक परिणाम आउन थालेपछि ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘म मतपत्रमा उम्मेदवार थिइनँ। यदि म उम्मेदवार भएको भए हामी भारी मतान्तरले जित्ने थियौँ।‘

तर, ट्रम्पले चुनावी क्याम्पेनमा आफू नै मतपत्रमा भएको सम्झेर मतदान गर्न आग्रह गरेका थिए । उनले रिपब्लिकन उम्मेदवारहरू हार्नुका तीन कारण बताए ।

पहिलो, केही उम्मेदवारलाई मतदाताले मन पराएनन्। दोस्रो, केही उम्मेदवार उनका निकट समर्थक थिएनन्। तेस्रो, उनी मतपत्रमा नभएकाले उनका समर्थकहरू अपेक्षाअनुसार मतदानमा सहभागी भएनन्।

यसैबीच अमेरिकी मिडियाहरूसँग कुराकानी गर्दै उनले डेमोक्रेटहरूलाई बधाइ दिएका छन् । उनले मिलेर काम गर्ने अपेक्षा राखेको पनि बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000