Logo
Logo

नवनियुक्त आईजीपीलाई गृहमन्त्रीले लगाइदिए फुली


0
Shares

काठमाडौं । नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आएका थिए। केसीलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो।

सरकारले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर केसीलाई नियुक्त गरेको हो। कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

प्रहरी इतिहासमै पहिलो पटक तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए। त्यसपछि अहिले गृहमन्त्री गुरुङले आईजीपीलाई फुली लगाइदिएका हुन्।

सुरुमा अवकाशमा जाँदै गरेका आईजीपीले नै नवनियुक्त आईजीपीलाई फुली लगाइदिने चलन थियो। तर प्रधानको पालामा त्यो चलन तोडियो। त्यसपछि गृहसचिवले फुली लगाइदिने परम्परा सुरु भएको थियो। अहिले फेरि गृहमन्त्री स्वयंले फुली लगाइदिएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000