काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत शब्द प्रहार गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले देश जोगाउने र पार्टी जोगाउने राजनीतिबीच ठूलो अन्तर रहेको बताएका हुन्।
पुराना दलहरूमा कार्यकर्तालाई सडकमा लडाएर नेताहरू हाँसेर बस्ने प्रवृत्ति रहेको आरोप लगाउँदै प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वमा भने नेता स्वयं लड्ने दाबी गरे।
‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यत्ति हो। देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’

















