
नेपाली साहित्यका विशिष्ठ स्रष्टा हुन राजव । तिसको दशक देखिकै साहित्यमा निरन्तरता दिइरहेका स्रष्टा राजव नेपाली आख्यानका युग नायक हुन् भन्दा पनि फरक पर्दैन । नेपाली कविता, कथा, उपन्यास लगायत साहित्यका विविध विधामा उनको कलम निरन्तर चलिरहेको छ । समय सापेक्ष तथा पाठकमैत्री सिर्जना गर्न सफल राजवको कथासङ्ग्रह मासग्रेभ अहिले निकै चर्चामा छ ।
हामीले सुनेका कथा भन्दा फरक हुँदो रहेछ भोगाई । इतिहासको गर्भमा एक दिन हाम्रा सन्ततीहरुले पनि त्यो समयको इतिहास पढ्ने छन् । कतिले विस्वास गर्लान कतिले नगर्लान, तर हाम्रो समयमा हामीले भोगेको त्यो समय सत्य हो । प्रकृतिले पनि समय समयमा मान्छेको परिक्षा लिदो रहेछ । कहिले भुकम्प, कहिले वाढी त कहिले संसार हल्लाउने कोरोना कहर । यी इतिहासमा हामीले भोगिरहेको यथार्थ हो । ७२ सालको भूकम्पको कहरबाट मुक्ति नपाउँदै हामी कोरोना(कोभिढ–१९)को चपेटामा पर्यो । हामीमात्र नभएर संसारनै यस सक्रमणबाट बच्न सकेन । संसार प्रायः ठप्प थियो । त्यो दिन सम्झदा पनि अहिले कहाली लाग्छ ।
डढेलो जस्तै गरेर संसारमा लागेको कोरोनाको आगोले सबै आ–आफ्नै घरमा बन्दी थिए । समाचारमा आज कतिजना कहा विते भन्ने समाचार सुनेर हामी आफै समाचार कहिले बन्छौ भन्ने त्राह पालेर बस्नुको विकल्प थिएन । त्यसैले पनि सबै त्राहीमाम त्राहीमाम भएर बाँचेको त्यो समय वास्तवमै क्रुर समय थियो । त्यो कुरुप समयको दर्दनाक पीडा विश्वले भोगेको थियो, धेरै मान्छेहरुलाई त्यो कुरुप समयले निलेको थियो । अर्को दुःखद पक्ष भनेको आफ्नाहरुको अन्तिम अवस्थामा सहभागी हुन नसक्नुको पीडा दर्दनाक नै थियो । आफ्नै घर कैदखाना भएको समयलाई कथाकार राजवले कथामार्फत त्यो समयको चित्र उतारेका छन् ।
मासग्रेभमा धेरै कथाहरु छैनन्, जम्मा छ ओटा कथाहरु छन् । मासग्रेभ, कोरोनाका छाप, मुर्दाहरु जागौँ, सिमेट्रीमा सखार वाक, यो एक मानसिकता र भूमिसात् सब आदि कथा शिर्षकहरु रहेका छन् । मासग्रेभमा यथार्थ समयका पदचापहरु पढ्न सकिन्छ । यी कथाहरु पढिरहँदा त्यो समयको सम्झनाले मन भकानिन्छ हामीले आफैलाई सोध्न मन लाग्छ त्यो समय हामीले कसरी झेलेऊ ?
हामीले समाचारमा सुनेका ति कथाहरु प्रत्यक्ष भोगेजस्तै लाग्छन् । यी कथाहरु पढ्दा कोरोनाले निलेका मान्छेहरुलाई डोजरले खनेर सामूहिक रुपमा गाडेका दृश्यहरु कथामा भेटिन्छन् । मुर्दाहरुको जुलुसका कथा कमजोर मुटहुनेहरुले पढ्न कठिननै हुन्छ । हुनतः मान्छे जन्मदै मृत्यु बोकेरै जन्मेको हुन्छ तथापि मृत्युसँग भने जहिल्यै डर मान्छन् । तर, त्यो नभोगी धरै छैन । को कसरी र कुन बहानाले जाने भन्ने मात्र हो । मृत्युका अनेकन रुप मध्ये कोरोना कहर पनि एउटा थियो जसले संसारका मान्छेहरुलाई औकात देखाइदियो । अहिले इतिहास भएपनि हामीले भोगेको त्यो क्षण वास्तवमै कहालीलाग्दो थियो ।
डढेलो सरी फैलिएको कोरोना भाइरसले त्यो समयमा बिरामी बोक्दै गरेका मान्छे, ड्राइभर, नर्स, डाक्टर, व्यापारी, कर्मचारी लगायत कसैलाई छोडेन । भगवान बनेर उभिएका डाक्टर, नर्सहरुले उपचार गरेर धान्न सक्ने अवस्था थिएन । मान्छेहरु समूहमै मुर्दा बनिरहेको त्यो समयमा मुर्दाहरुले कसरी आफू मरे भन्ने कुरा कथामा प्रस्तुत भएका छन् । मासग्रेभका कथाहरु जिवित मान्छेहरुका लागि मुर्दाका मनोविज्ञान प्रस्तुत भएका छन् । लासहरु बोक्दा बोक्दै आफैलास बनेको एउटा ड्राइभरले भन्छ–‘मरेपछि मानिसलाई ईश्वर छैन भन्ने ज्ञान हुन्छ ।’ ‘एक्ज्याट्लिी, भएको भए त यहाँ हुन्थ्यो ईश्वर ? हामी मुर्दा, हामी मुर्दालाई नै देखिरहेका छौँ, सत्य यै हो ।’ सिएनए बोल्यो । ‘ह्युम्यानिज्म ग्रेट, गडइजम फेक ।’ ड्राइभरको यो भनाइमा ताली बज्नु पर्ने थियो । तर, मुर्दाहरुका हात उचालिएनन् । मुर्दाहरु बोले मात्र ।’
मासग्रेभका कथामा मुर्दाहरुसँगका वार्ता प्रस्तुत छन् । सिमेट्रीमा सखार वाक शिर्षक कथामा लासहरुका आवाज कथामा अटाएका छन् । जब समय खराव चल्छ, कसैको केही लाग्दैन रहेछ, मृत्युको यति धेरै वैश्विकरण सायद कुनै युगले देखेको थिएन होला । दुःखद समय धेरै टिक्न सक्दैन, त्यो समयबाट हामी मुक्त भएपनि, त्यो समयले दिएको चोट हामीले युगौँयुगसम्म बिर्सन सक्दैनौ । मासग्रेभका कथाले त्रासद युगबोध गराएका छन् ।
त्यो समयका बारेमा धेरैले लेखकहरुले सिर्जनाका विविध विधाहरु मार्फत प्रस्तुत गरेका छन् । राजवले भने अलिक भिन्न तरिकाबाट मान्छेका मात्र नभएर मुर्दाका मनोभाव कथामा प्रस्तुत गरेका यो एउटा फरक दृष्टिकोणबाट लेखिएको एउटा विशिष्ठ कृतिको रुपमा लिन सकिन्छ । सबै कथाहरु कोभिड माहामारीको समयका बारेमा लेखिएका छन् । त्यो भयावह समयमा मान्छेहरुको भोगाई र सग्ला मान्छे मुर्दा बनेका हरेक क्षणका साक्षी हामी सबै हौँ । तिनै विषयवस्तुलाई राजवले एउटा उल्लेख्य काम गरे, त्यो समयलाई पुस्तकका रुपमा ल्याएर ।
अहिले यो कृति पाठकलाई फरक स्वाद लाग्छ, भविश्यमा ऐतिहासिक बन्छ । अप्ठ्यारो समय सधैँ रहिरहदैन, जसरी दिन पछि रात र रात पछि दिन आउँछ, त्यसरी वितेको एउटा युग अहिले सकिएको छ । मासग्रेभका कथाहरु त्यो अप्ठ्यारो समयलाई टपक्क टिपेर प्रस्तुत गरिएको छ । यसकारण पनि यो कृति पठनियसँगै संग्रहनिय पनि रहेको छ । रेडपाण्डा बुक्सले प्रकाशन गरेको मासग्रेभ त्रासद समयबोध गराउन सफल छन् ।


















