काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर काठमाडौँका कप्तान करण केसीले पहिले बलिङ रोजेका छन् । यससँगै सुदूरपश्चिमले ब्याटिङमा उत्रँदै छ ।

काठमाडौं र सुदूरपश्चिम समान ८ अङ्कसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन् । आजको खेलमा जुन टोलीले जितेपनि १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।
सुदूरपश्चिम आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दै छ । आजको खेलमा काठमाडौं विजयी भएमा सुदूरपश्चिमले प्ले अफका लागि अन्य खेलको नतिजा पर्खनुपर्ने हुन्छ । काठमाडौँले भने अर्को एक खेल बाँकी छ ।


















