Logo
Logo

काठमाडौँले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो


0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर काठमाडौँका कप्तान करण केसीले पहिले बलिङ रोजेका छन् । यससँगै सुदूरपश्चिमले ब्याटिङमा उत्रँदै छ ।

The current image has no alternative text. The file name is: npl-7.jpg

काठमाडौं र सुदूरपश्चिम समान ८ अङ्कसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन् । आजको खेलमा जुन टोलीले जितेपनि १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ ।

सुदूरपश्चिम आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दै छ । आजको खेलमा काठमाडौं विजयी भएमा सुदूरपश्चिमले प्ले अफका लागि अन्य खेलको नतिजा पर्खनुपर्ने हुन्छ । काठमाडौँले भने अर्को एक खेल बाँकी छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000