Logo
Logo

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त


0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रवार न्यायाधीशहरू नियुक्त गरेका हुन् ।

The current image has no alternative text. The file name is: nayadhish.jpg

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् । नियुक्त हुनेमा डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000