Logo
Logo

एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् ।

The current image has no alternative text. The file name is: tu.jpg

उनीहरूले हिजो पनि त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए । आज पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै क्यानका पदाधिकारीविरुद्ध नाराबाजी गरेका हुन् । 

टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले सामाजिक सञ्जालदेखि त्रिवि मैदानसम्म विरोध भइरहेको हो । 

एनपीएलको फाइनल खेल आज साँझ हुँदै छ । त्रिवि मैदानमा साँझ ५ बजेबाट सुरु हुने फाइनल खेलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । त्यसअघि खेल हेर्नका लागि टिकट नपाएको र टिकट वितरणमा पारदर्शिता नभएको भन्दै दर्शकहरू आन्दोलनमा उत्रिएका हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000