Logo
Logo

राष्ट्रपतिले जुक्ति लगाएर लोकतन्त्र जोगाएका होइनन्, डरपोक भएर प्रतिनिधिसभा विघटन गरेका हुन् : ओली 


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक काम भएको बताएका छन् । 

The current image has no alternative text. The file name is: oli-1.jpg

पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले तत्कालीन प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री हुँदासाथ पहिलो काम नै मनपरी ढङ्गबाट गरेको आरोप लगाएका हुन् ।

ओलीले भने, ‘यो भन्दा अघिल्लो प्रधानमन्त्री संविधान मिचेर आफैँ प्रधानन्यायाधीश भएर पनि संविधान मिचेर प्रधानमन्त्री कसले लगेर कुर्सीमा राख्यो थाहा नभइकन प्रधानमन्त्री भएर, मनपरितन्त्र चलाए । उहाँ (सुशीला कार्की) ले पहिलो काम गरेको के भन्दा व्यक्तिगत तवरमा एउटा असंवैधानिक प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर र राष्ट्रपतिले (सम्माननीय हुनुहुन्छ, भन्न त भएन) डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो । त्यो सही कुरा हो, साँचो कुरा हो ।’

संसद् विघटन गरेर उल्टै राष्ट्रपति पौडेलले बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भनेको भन्दै प्रतिप्रश्न गरे । ‘बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ रु,’ ओलीको प्रश्न थियो । साथै, आफ्नो पार्टीले संसद् विघटनविरुद्ध हालेको रिट निवेदनमा सर्वोच्च अदालतबाट फैसला समेत नभएकोप्रति आपत्ति जनाए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000