Logo
Logo

एनपीएलसहित खेलमा अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ


0
Shares

दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन् ।

The current image has no alternative text. The file name is: arretsed-1.jpg

लमही नगरपालिका-५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा अनलाइन सट्टेबाजीका माध्यम सञ्चालन भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठामा खानतलासी गर्दा कुश ७७७ लगायतका अनलाइन सट्टेबाजीका माध्यमबाट कारोबार भइरहेको भेटिएको थियो ।

प्रहरीले सट्टेबाजीमा प्रयोग गरिएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरण बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000