Logo
Logo

राष्ट्रपतिले टिचिङ पुगेर गराए स्वास्थ्य परीक्षण


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका छन् । ८२ वर्षीय पौडेलले बुधबार दिउँसो त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् । उनी मुटुरोगी हुन् । उनको मुटुमा दुई वर्षअघि पेसमेकर राखिएको थियो ।

अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि आएको बताए । ‘रुटिङ चेकअपको लागि ओपीडीमा आउनु भएको थियो । ईसीजी र एमआरआई लगायत परीक्षण भएपछि फर्किसक्नु भएको छ,’ उनले भने । उनले रिपोर्ट नआएकाले स्वास्थ्य अवस्थाबारे भन्न नसकिने प्रतिक्रिया दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000