
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भुटानमा हुने पाँच राष्ट्र सहभागी टी–२० प्रतियोगिताका लागि ‘ए’ टोली घोषणा गरेको छ ।
क्यानले डिसेम्बर ४ देखि १३ सम्म हुने हुने प्रतियोगिता खेल्न सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्तीमगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुश्लिङ, अभिषेक पाल र इमरान शेख छन्। भुटान क्रिकेटले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित आयोजक भुटान, बहराइन, थाइल्यान्ड र माल्दिभ्सका टोली सहभागी हुनेछन् ।


















