Logo
Logo

दानबहादुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


0
Shares

काठमाडौं । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आज न्यायाधीशहरू श्रीकान्त पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले दिनभरिको बहसपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सर्वोच्चको यो आदेशससँगै अब डा.मनोज केसीलाई आईजीपीका रूपमा काम गर्ने बाटो खुला भएको छ ।

सरकारले कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो ।

आफूलाई स्पष्टीकरणको मौका समेत नदिई गैरकानुनी रूपमा पदमुक्त गरेको दाबी गर्दै कार्कीले उक्त निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000