Logo
Logo

रास्वपाले सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने


0
Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले रातोपाटीलाई दिएको जानकारीअनुसार सङ्गठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्वका विषयमा केन्द्रित रहेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

The current image has no alternative text. The file name is: rasapa-1.jpg

 प्रशिक्षण कार्यक्रमको खाका तयार भइसकेको भन्दै उनले शनिबारसम्ममा आवश्यक सबै तयारी पूरा गरिने बताए । सातै प्रदेशमा सञ्चालन हुने कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वको समेत सहभागिता रहने उनले जानकारी दिए ।

खरेलले भने, ‘खाका तयार भइसकेको छ । सङ्गठन सुदृढीकरणका लागि नीति र नेतृत्व सम्बन्धी प्रशिक्षण कार्यक्रम राखिएको हो । केन्द्रीय नेतृत्व सहभागी हुनेगरी आइतबारदेखि सातै प्रदेशमा कार्यक्रम गर्दै छौँ । शनिवार सम्म हामी तयारी पुरा हुन्छ।’

प्रशिक्षण कार्यक्रमका क्रममा सङ्गठन सुदृढीकरण सँगसँगै आगामी स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा समेत छलफल गरिनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000