Logo
Logo

युक्रेनका एफ-१६ मर्मतका लागि अमेरिकाले दियो स्वीकृति


0
Shares

काठमाडौं । अमेरिकाले युक्रेनका एफ-१६ लडाकु विमानको मर्मतसम्भारका लागि आवश्यक उपकरण तथा सहयोग उपलब्ध गराउन ६२ करोड १९ लाख अमेरिकी डलर बराबरको प्रस्तावित बिक्रीलाई स्वीकृति दिएको छ । 

The current image has no alternative text. The file name is: f-16.jpg

अमेरिकी विदेश मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै युक्रेनको एफ-१६ लडाकु विमान बेडाका लागि मर्मतसम्भार सहयोग र सम्बन्धित उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाएको हो । उक्त खरिदका लागि बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स र नर्वेले बहुराष्ट्रिय ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत रकम उपलब्ध गराउनेछन् ।

यस कारोबारमा अमेरिकी सरकारको कुनै पनि रकम खर्च नहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । युक्रेन सरकारले माग गरेको उक्त उपकरण तथा सहयोग प्याकेजमा विमानका विभिन्न पार्टपुर्जा, प्रयोगशालामा आवश्यक उपकरण र ढुवानीसम्बन्धी सहयोग समावेश छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो प्याकेज यसअघि स्वीकृत भएको अर्को विक्री प्रस्तावमा थप गरिनेछ । 

यसअघिको बिक्री रकम अमेरिकी संसद् (कंग्रेस) लाई औपचारिक जानकारी गराउनुपर्ने निर्धारित सीमाभन्दा कम रहेको थियो । अमेरिकाको पछिल्लो निर्णयले युक्रेनको एफ-१६ लडाकु विमान सञ्चालन तथा मर्मतसम्भार क्षमताका लागि युरोपेली मुलुकहरूको आर्थिक सहयोगलाई थप विस्तार गर्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000