Logo
Logo

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति


0
Shares

काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले चार दिनको समय दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिन अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार नेपाल ल्याइएको थियो ।

उनलाई म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्याल पक्राउ परेका हुन् । अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव थिए ।

त्यसबेला कुँवरले मलेसिया जाने श्रमिकबाट संकलित रकम विदेश पठाउने सम्बन्धी निर्णय गर्दा अर्याल मन्त्रालयको सचिव रहेको प्रहरीको भनाइ छ । यही प्रकरणमा प्रहरीले दुई जना पूर्वमन्त्रीसहित कर्मचारीहरूलाई पक्राउ गरिसकेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000